Logo

May 21 2025 | २०८२, जेठ ७ गते

May 21 2025 | २०८२, जेठ ७ गते

कतारमा २१ नेपाली कैदीबन्दीले पाए आममाफी

कतारमा २१ नेपाली कैदीबन्दीले पाए आममाफी

  • कतारमा जेल जीवन बिताइरहेका २१ नेपाली कैदीबन्दीलाई आममाफी दिएको छ । कतारस्थित केन्द्रीय कारागार तथा अन्य कारागारहरूमा विभिन्न आरोपमा सजाय भोगिरहेका २१ जना नेपालीलाई कतार सरकारले आममाफी दिएको हो ।

    images
    images
    images

    दोहास्थित नेपाली दूतावासका अनुसार आममाफी पाउनेहरुमा यौनजन्य क्रियाकलापमा ३, चोरीजन्य क्रियाकलापमा ११, मादकपदार्थ बिक्रि वितरणमा २ र आर्थिक हिनामिनामा ५ जना कसुरदार ठहरी सजाय भोगिरहेका थिए ।

    images

    कतारका अमिर शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कारागारमा सजाय भोगिरहेका उनीहरुलाई आममाफी दिएका हुन्। आममाफी पाएका नेपालीलाई स्वदेश फर्काउन सहजीकरण गरिने दूतावासले जनाएको छ ।

    images

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij