
Apr 18 2025 | २०८२, वैशाख ५ गते
कतार । कतारमा विभिन्न कसुर सजाय पाई बन्दी जीवन विताइरहेका २१ जना नेपालीले क्षमादान पाएका छन् । कतारका अमिर मौसूफ शेख तमिम बिन हमाद अल थानीले इस्लाम धर्मावलम्बीहरूको पवित्र महिना रमादानको अवसरमा कतारस्थित कारागारहरूमा विभिन्न बन्दीलाई क्षमादान दिएका हुन् ।
कतारस्थित नेपाली दूतावासका अनुसार क्षमादान पाउनेहरूमा ३ जना यौनजन्य क्रियाकलापमा सजाय भोगिरहेका, ११ जना चोरीजन्य क्रियाकलापमा २ जना मादकपदार्थ बिक्री वितरणमा र ५ जना आर्थिक हिनामिना गरेको कसुरमा दोषी ठहर भएर सजाय भोगिरहेका नेपालीहरु थिए।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij