Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

पछिल्लो २४ घण्टामा २१ जिल्लामा आगलागी 

पछिल्लो २४ घण्टामा २१ जिल्लामा आगलागी 

  • काठमाडौं । पछिल्लो २४ घण्टामा देशको २१ जिल्लाका ३० स्थानमा आगलागीका घटना भएका छन् । 

    images
    images
    images

    राष्ट्रिय विपद् दोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार सोमबार विहान १० बजेदेखि मंगलबार विहान १० बजेसम्मको अवधिमा उक्त आगलागीका घटना भएका हुन् ।  

    मोरङ, पर्वत, झापा, जाजरकोट, ललितपुर, ताप्लेजुङ, कपिलवस्तु, दोलखा, खोटाङ, सप्तरी, पर्सा, बारा, काठमाडौं, सुनसरी, बर्दिया, दाङ, तेह्रथुम, ओखलढुंगा, डोटी, धनकुटा र भोजपुर जिल्लाका विभिन्न स्थानमा आगलागी भएको  प्राधिकरणले जनाएको छ । आगलागीका घटनामा परी बितेको चौबिस घण्टामा ७ जना घाइते भएका छन् । 

     

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij