Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

आईपीएलमा चेन्नई गुजरातसँग ३ विकेटले पराजित 

आईपीएलमा चेन्नई गुजरातसँग ३ विकेटले पराजित 

  • काठमाडौँ । गुजरात टाइटन्सले इन्डियन प्रिमियर लिग (आईपीएल) २०२२  टी(२० क्रिकेटमा चेन्नई सुपर किङ्सलाई ३ विकेटले पराजित गर्दै पाँचौ जित निकालेको छ । 

    images
    images
    images

    आइतबार रातिको खेलसँगै चेन्नईले पाँचौ हार बेहोरेको छ । भने जितका लागि १७० रनको लक्ष्य पाएको गुजरातले १९ ओभर ५ बलमा ७ विकेट गुमाएर पूरा गर्यो। 

    गुजरातका डाभिड मिल्लरले सर्वाधिक ९४ रन बनाए । राशिद खानले ४० रनको योगदान गरे । चेन्नईका ड्वाने ब्राभोले सर्वाधिक तीन विकेट लिए । यसअघि पहिले ब्याटिङ गरेको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १६९ रन बनायो । चेन्नईका रुतुराज गायकवाडले सर्वाधिक ७३ रन बनाए । 

    यस्तै अम्बाती रायडुले ४६ रनको योगदान गरे । जितसँगै गुजरात ६ खेलबाट  १० अंक जोडेर शीर्ष स्थानमा छ । पाँचौ हार बेहोरेको  चेन्नई २ अंक जोडेर नवौं स्थानमा  छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij