Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

इण्डियन प्रिमियर लिग : गुजरात अंक तालिकाको शीर्ष स्थानमा

इण्डियन प्रिमियर लिग : गुजरात अंक तालिकाको शीर्ष स्थानमा

  • काठमाडौं। इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत गएरातिको खेलमा गुजरातसँग राजस्थान ३७ रनले पराजित भएका छन् । गुजराज राजस्थानलाई हराएर अंक तालिकाको शीर्ष स्थानमा पुगेको छ। राजस्थान भने शीर्षबाट तेस्रो स्थानमा झरेको छ।

    images
    images
    images

    टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धारित २० ओभरमा १९२ रन बनाएको थियो। गुजरातको २ विकेट १५ रन बनाउँदा नै गुमिसकेको थियो। शुभमन गिल १३ रनमा आउट भएका थिए।त्यसपछि कप्तान हार्दिक पाण्ड्याले स्थिति सम्हाल्दै५२ बलमा ८७ रनको योगदान गरे। उनलाई अभिनव मनोहरले ४३ रन बनाएर र डेभिड मिलरले ३१ रन बनाएर साथ थिए।

    राजस्थानका लागि कुलदीप सेन, युजवेन्द्र चहल र रियान परागले एक–एक विकेट लिए। १९३ रनको लक्ष्य पछ्याएको राजस्थानको टोली निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा समेटियो। राजस्थानका लागि जोस बटलरले २४ बलमा ५४ रन बनाए। शिमरोन हेटमायर २९ रन जोडे।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij