Logo

Jun 19 2025 | २०८२, असार ५ गते

Jun 19 2025 | २०८२, असार ५ गते

प्रचण्डको नयाँ वर्षको शुभकामना अपिल, गठबन्धनको साझा उम्मेदवारलाई भोट दिनुस्

प्रचण्डको नयाँ वर्षको शुभकामना अपिल, गठबन्धनको साझा उम्मेदवारलाई भोट दिनुस्

  • काठमाडौं । नेकपा कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले नयाँ वर्षमा स्वदेश तथा विदेशमा रहेका नेपालीहरूमा शुभकामना व्यक्त गरेका छन्।

    images
    images
    images

    संघीयतालाई जनताको घरदैलोसम्म पुर्‍याउने स्थानीय सरकार निर्माणमा जनताको उत्साहप्रद सहभागिताले राजनीतिक परिवर्तनलाई अझ बढी संस्थागत र समृद्ध तुल्याएको प्रचण्डले बताएको छ । ‘देश, लोकतन्त्र र संविधानका विरुद्ध देखापरेको प्रतिगमनकारी षडयन्त्रलाई चिर्दै मुलुक, लोकतन्त्र र संविधानको रक्षामा निर्माण भएको प्रतिगमन विरोधी वाम–लोकतान्त्रिक गठबन्धन देश र जनतालाई केन्द्रमा राखी स्थानीय तहको निर्वाचनमा होमिएको छ,’ उनले भने।

    images

    प्रचण्डले स्थानीय चुनावमा गठबन्धनका उम्मेदवारलाई मतदान गर्न पनि आग्रह गरेका छन्। ‘लोकतन्त्र र संविधानको रक्षा गर्दै शान्ति र समृद्धिको यात्रामा देशलाई अगाडि बढाउने लक्ष्य बोकेको यस गठबन्धनलाई आगामी निर्वाचनमा आफ्नो अभिमत प्रकट गरी गठबन्धनका साझा उम्मेद्वारलाई विजयी गराउन पनि सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरुमा हार्दिक अपिल गर्दछु,’ उनले भने।

    278533767_516442836512784_2966070569520206090_n.jpg

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij