
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । त्रिकोणात्मक टी -२० शृंखला विजेता नेपाली टिमका खेलाडीहरुलाई सरकारले नगदसहित सम्मानित गर्ने भएको छ ।
आज बसेको मन्त्रिपरिषद् बैठकले नेपाली राष्ट्रिय टिमका खलाडीहरुलाई जवही २ लाख रुपैँयासहित सम्ममनित गर्ने गरेको हो । गत चैत १४ देखि २१ गतेसम्म काठमाडौंमा नेपाल, पपुवा न्युगिनी र मलेसियाबीच त्रिकोणत्मक टी २० सम्पन्न भएको थियो ।
युवा तथा खेलकुद मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषदको बैठकले विजेता खेलाडी तथा प्रशिक्षकहरुलाई पुरस्कृत गर्ने निर्णय गरेको हो । निर्णयअनुसार १६ खेलाडीले २-२ लाख नगद पुरस्कार पाउनेछन् भने मुख्य प्रशिक्षक पुबुदु दासानायकेले नगद १ लाख ५० हजार तथा अन्य अफिसियलले जनही १ लाख रुपैँया प्राप्त गर्ने छन्।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij