
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । ओखलढुङ्गा बोलेरो दुर्घटना हुँदा दुई जना प्रहरीको मृत्यु भएको छ भने सातजना प्रहरी घाइते भएका छन् ।
ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका-६ हर्कपुरमा प्रहरी कर्मचारी सवार बा १७ च १०९४ नम्बरको जीप दुर्घटना भएको हो । सोलुखुम्बुबाट विराटनगरतर्फ जाँदै गरेको बोलेरो भिरबाट १ सय ५० मिटर तल खसी दुर्घटना भएको हो ।
दुर्घटनामा परी प्रहरी हवल्दार भूपेन्द्र कार्की र प्रहरी जवान मानिक राजबंशीको मृत्यु भएको प्रहरीले जनाएको छ । र्घटनामा प्रहरी निरीक्षक ऋषिराज ढकाल, प्रहरी नायब निरीक्षक धनराज खतिवडा, प्रहरी सहायक निरीक्षक नवराज दाहाल, प्रहरी वरिष्ठ हवल्दार विशाल श्रेष्ठ, प्रहरी वरिष्ठ हवल्दार भूपेन्द्र खनाल, प्रहरी जवान रूपन विष्ट र चालक लीलाप्रसाद खनाल घाइते भएका छन् ।
दुर्घटनामा घाइते भएकामध्ये तीन जनालाई उपचारको लागि काठमाण्डौको नेपाल प्रहरी अस्पताल ल्याईएको छ भने अन्यको ओखलढुङ्गाका विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij