
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । एएफसी फुटसल एसियन कप-२०२२ छनोटअन्तर्गत अन्तिम खेलमा नेपाल अफगानिस्तानसँग ८-१ अन्तरले पराजित भएको छ । मंगलबार कीर्गिस्तानको बिश्केकमा सान्त्वना जितको खोजीमा रहेको नेपाल अफगानिस्तानसँग ठूलो अन्तरले पराजित भएसँगै खेलिएको तीनै खेल विपक्षीलाई सुम्पिएको छ ।
लगातार दुई खेल हारेसँगै प्रतियागिताबाट बाहिरिएको नेपालले आज अन्तिम खेल खेलेको थियो । नेपाल ७-० ले पछि परेको स्थितिमा सुमित श्रेष्ठले एक सान्त्वना गोल गरेका थिए । यस समूहबाट उज्वेकिस्तान र ताजकिस्तान एसिया कपमा स्थान बनाउँदा अफगानिस्तान र नेपाल भने बाहिरिएका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij