
Apr 24 2025 | २०८२, वैशाख ११ गते
काठमाडौं । खोटाङ र ओखलढु्रगाको सिमानामा पर्ने रंभुवाघाटमा निर्माण गनै लागिएको ६६५ मेगावाटको दूधकोसी जलाशययुक्त जलविद्युत आयोजनाका लागि जग्गा अधिग्रहण थालिएको छ । खोटाङको रावोबेँसी गाउँपालिका–३ लामीडाँडा र ओखलढुंगाको चिशंखुगढी गाउँपालिका–६ भदौरेको सिमानामा पर्ने दूधकोसीस्थित रंभुवाघाटमा निर्माण गर्न लागिएको आयोजनाका लागि जग्गा अधिग्रहणको प्रक्रिया सुरु गरिएको हो ।
आयोजना प्रभावित खोटाङ, ओखलढुंगा र सोलुखुम्बु तीन जिल्लाका गरी करिब २५ हजार रोपनी जग्गा अधिग्रहण हुने आयोजनाका उपनिर्देशक सीताराम प्रखाछेँले बताए । आयोजनाका लागि खोटाङको १३ हजार रोपनी, ओखलढुंगाको ९ हजार रोपनी र सोलुखुम्बुको ५ सय रोपनी जग्गा अधिग्रहण गर्न लागिएको छ ।
खोटाङ र ओखलढुंगाको जग्गा २३ फागुनदेखि नै रोक्का गरिएको थियो । सम्बन्धित जिल्ला प्रशासन कार्यालयमार्फत जग्गा प्राप्तिको प्रक्रिया थालिएसँगै उक्त क्षेत्रमा कुनै पनि संरचना बनाउने कार्यमा रोक लगाइएको छ । सोलुखुम्बु जिल्लाको जग्गा अधिग्रहणक लागि केही समयपछि सूचना आह्वान गर्न लागेको जनाइएको छ ।
आयोजना सञ्चालनका लागि सहकारी जग्गाबाहेक करिब २० अनुमान छ । खोटाङको रावाबैँसी गाउँपालिकाका ५ हजार ३ सय ४ कित्ता, एँेसेलुखर्क गाउँपालिका ५ सय २२ कित्ता, ओखलढुंगाको चिशंखुगढी गाउँपालिकाका २ हजार ४ सय ९ कित्ता जग्गा अधिग्रहणको तयारी गरिएको हो । यो समाचार कारोबार राष्ट्रिय दैनिकमा प्रकाशन भएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij