• २०७७, मंसिर १०गते
Logo

कला पत्रिका

मेलिनाको मधुर आवाजमा 'तिमी आयौ'

केशर राई

५, मंसिर २०७७
  • 113
    SHARES
  • मेलिनाको मधुर आवाजमा 'तिमी आयौ'

    काठमाडौं । नेपाली सुगम संगीतमा निकै रुचाइएकी गायिका मेलिना राईको आवाजमा रहेको ‘तिमी आयौ’ गीतको म्यूजिक भिडियो सार्वजनिक भएको छ। गीतमा सन्तोष कटुवालको शब्द तथा विक्रम थापाको संगीत एवम् विसन मान्धरको एरेन्ज रहेको छ।

    गीतमा प्रेमिल शब्दहरुलाई निकै मार्मिक एवं भावनात्मक रुपमा सन्तोषले कुशल रुपमा समेटेका छन्। जीवनमा आइपर्ने खुसीपछिको रोदनलाई गीतमा समेटन खोजिएको छ । गीतको भिडियोमा सन्तोष कटुवाल र अनुषा राईको अभिनय निकै लोभलाग्दो रहेको छ। म्युजिक भिडियोमा दीपक गिरीको छायाँकन, अमृत चापागाईँको सम्पादन तथा जस बहादुर याक्खा जसुको निर्देशन रहेको छ।

    Video link : 

     

    प्रकाशित मिति :मंसिर ५, २०७७ शुक्रवार - १२:२१:४२ बजे

    केशर राई

    राई अनलाइन पत्रिकामा कला रिपोर्टर हुनुहुन्छ ।

    सम्बन्धित समाचार