Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

आईजीको पद कसको पकडमा ?

आईजीको पद कसको पकडमा ?

  • काठमाडौं । २० दिनका लागी दुईजना एआईजी सशस्त्र प्रहरी महानिरीक्षक बन्ने प्रतिस्पर्धामा छन् । महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेल आइजीपीका प्रतिस्पर्धी हुन् । अतिरिक्त नेपाल प्रहरीमा २०४९ वैशाख १९ मा इन्स्पेक्टरमा भर्ना भएका उनीहरुमध्ये एकजनाले २० दिन सशस्त्र प्रहरीको कमाण्ड समाल्ने अवसर पाउने छन् ।

    images
    images
    images

    सशस्त्र प्रहरी महानिरीक्षक शैलेन्द्र खनाल आईजीपीको २०७८ चैत २८ मा अवकाशमा जान लागेका हुन् । उनि ४ वर्षे पदावधि पुरा गरेर अवकाशमा जानलागेका हुन् । छोटो समयका लागि आईजीपी बन्ने प्रतिस्पर्धामा एक नम्बरमा पुष्पराम केसी मेरिट लिस्ट रहेको छन् भने  दुई नम्बरमा पौडेल मेरिट लिस्ट छन् । सो परम्पराका कारण सरकारले केसीलाई आईजीपी नियुक्त गर्ने जानकारहरु बताउँछन् । पुष्पराम केसी अहिले कार्य तथा सिमा सुरक्षा विभागको प्रमुख छन् । 

    २० दिनका लागी आईजीपी नियुक्त गरेसँगै रिक्त हुने एकजना एआईजीको सिटमा बढुवा हुन ३ जना प्रतिस्पर्धामा छन् । एआईजी बढुवा प्रतिस्पर्धाका एक नम्बरमा डीआईजी राजु अर्याल छन् । मेरिट लिस्टको दुई नम्बरमा नारायणदत्त पौडेल र तेस्रो नम्बरमा चन्द्र प्रकाश गौतम छन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij