Logo

Jun 06 2025 | २०८२, जेठ २३ गते

Jun 06 2025 | २०८२, जेठ २३ गते

पाँचजना नक्कली परीक्षार्थी पक्राउ

पाँचजना नक्कली परीक्षार्थी पक्राउ

  • काठमाडौं ।  एमबिबिएस प्रवेश परीक्षामा उपस्थित भएका पाँच जना नक्कली परीक्षाथीे पक्राउ गरेको छ। महानगरीय अपराध महाशाखाको टोलीले चार नक्कली परीक्षार्थी र एक जना सक्कली परीक्षार्थीलाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिए। प्रहरीले काठमाडौंको सिसिआरसी कलेज, एम्बिसन कलेज, ग्रामर स्कुललगायत परीक्षा केन्द्रहरूबाट पाँच जनालाई प्रहरीले पक्राउ गरेको हो। 

    पक्राउ पर्नेमा महोत्तरीका २२ वर्षीय अमर पण्डित, सर्लाहीका २२ वर्षीय अनिकेत चौधरी र सप्तरीका २६ वर्षीय राम आशिष यादव, भारत विहारका २४ वर्षीय इस्तियाख अहमद र महोत्तरीका २२ वर्षीय सन्नीकुमार साह छन्। प्रहरी उपरीक्षक कोइरालाका अनुसार पण्डित, चौधरी ललितपुरको किष्ट अस्पतालमा एमबिबिएस पहिलो वर्षमा र यादव तेस्रो वर्षमा पढ्दै थिए। पण्डित, चौधरी र यादवलाई क्रमशः धनुषा जनकपुरका २१ वर्षीय वृकेश यादव, २२ वर्षीय आजिवकुमार यादव र रुपन्देहीका राम आशिष यादवले परीक्षा दिन पठाएका थिए। ‘आर्थिक अवस्था कमजोर भएपछि उनीहरू नक्कली परीक्षार्थी बनेका रहेछन्,’ उनले भने। उनीहरूले परीक्षामा नाम निकालेबापत २ देखि १८ लाखसम्मको मूल्य तोकेका थिए। यस्तै, एड्भान्स रकम ५० देखि २ लाख रुपैयाँ तोकेका थिए। 

    images
    images
    images

     

    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij