
Apr 30 2025 | २०८२, वैशाख १७ गते
काठमाडौँ । नेपाल आयल निगमले कमिसन कटौती गरेको विरोधमा उद्योगहरुले ग्याँसको बिक्री वितरण कार्य आजबाट ठप्प पारेका छन् ।
कमिसन कटौतीको विरोधमा नेपाल पेट्रोलियम डिलर्स राष्ट्रिय एशोसिएसन, नेपाल पेट्रोलियम ढुवानी व्यवसायी महासंघ र नेपाल एलपी ग्याँस उद्योग संघले चैत ५ गतेदेखि संयुक्त रुपमा आन्दोलन गर्दै आएका थिए ।
उनीहरुले कमिसन कटौतीको निर्णय नसच्याए चैत २० गतेदेखि देशभर ग्याँस र पेट्रोलियम पदार्थको बिक्री बन्द गर्ने चेतावनी समेत दिएका छन् ।
निगमले पेट्रोलियम बिक्रेतालाई प्रतिशतको आधारमा दिँदै आएको कमिसन २०७८ फागुन १९ गतेबाट बन्द गरेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij