
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताएका छन् ।
प्रधानमन्त्री देउवाले श्रीलंकाको कोलम्बोमा भइरहेको पाँचौं बिमस्टेक समिटमा काठमाडौंबाट भर्चुअल सम्बोधन गर्दै कोरोना भाइरस महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रहरू समस्यामा परेकाले आगामी दिनमा यस्ता महामारी र विपद्को सामना गर्न संयुक्त रुपमा तयारी गर्नुपर्ने बताएका हुन् ।
महामारीबाट पुनर्स्थापनाका लागि संयुक्त प्रयास आवश्यक रहेको बताउँदै प्रधानमन्त्री देउवाले कोरोना महामारीका कारण बिमस्टेक सदस्य राष्ट्रका लाखौं नागरिकले ज्यान गुमाएका, गरिबी र बेरोजगारीको समस्या देखिएको बताए ।
उनले जलवायु परिवर्तनका कारण पनि बिमस्टेक क्षेत्र खतरामा रहेको बताउँदै यसविरुद्ध प्रभावकारी कदम चाल्नुपर्ने पनि बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij