
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । त्रिकोणात्मक टी–ट्वान्टी सिरिजमा बुधबार नेपाल र मलेसिया भिड्ने छन् । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा नेपाल र मलेसियाको प्रतिस्पर्धा हुन लागेको हो ।
खेल दिउँसो साढे १२ बजेबाट सुरु हुनेछ । नेपाल र मलेसियाले पपुवा न्युगिनी (पीएनजी) लाई पराजित गर्दै सिरिजमा विजयी सुरुवात गरेका छन् ।
नेपाल र मलेसियाले यसअघि ६ पटक टी–ट्वान्टी अन्तर्राष्ट्रिय स्पर्धा खेलेका छन् । मलेसियाविरुद्ध नेपाल हाबी हुँदै आएको छ । ५ खेलमा नेपाल विजयी हुँदा मलेसियाले एक खेल मात्र जितेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij