
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडौं । बागमतीमा केही स्थानमा मेघ गर्जनसहित / चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेको छ ।
पश्चिमी न्यून चापीय प्रणालीको प्रभावले देशको अधिकांश भूभागमा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा वर्षा र हावाहुरीकोसमेत सम्भावना रहेको विभागले जनाएको छ ।
जल तथा मौसम विज्ञान विभागका अनुसार प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका पहाडी भू–भागका केही स्थानमा मेघ गर्जनसहित / चट्याङ र क्षणिक वर्षा तथा हावाहुरीको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउनसमेत आग्रह गरेको छ ।
मंगलबार राति प्रदेश नं १, बागमती र गण्डकी प्रदेशको पहाडी भू–भागमा आंशिकदेखि सामान्य बदली रही देशका अन्य भू–भागमा मौसम सामान्यतया सफा रही प्रदेश न १ र गण्डकी प्रदेशको पहाडी भू–भागका एक वा दुई स्थानमा मेघ गर्जनसहित / चट्याङ र हल्का वर्षाको सम्भावना रहेको विभागले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij