Logo

Jun 04 2025 | २०८२, जेठ २१ गते

Jun 04 2025 | २०८२, जेठ २१ गते

पाथीभरा दर्शनका क्रममा तीर्थयात्रीको निधन

पाथीभरा दर्शनका क्रममा तीर्थयात्रीको निधन

  • काठमाडौँ । पाथीभरा दर्शनका क्रममा अचानक बेहोस भएर ढलेका एक तीर्थयात्रीको आज निधन भएको छ । बिहान मन्दिर परिक्रमा गर्ने क्रममा सुनसरीको इटहरी नगरपालिका– ९ का खिनबहादुर ढुङ्गानाको निधन भएको हो । 

    images
    images
    images

    प्रहरीका अनुसार ६० वर्षीय ढुङ्गाना मन्दिर परिक्रमा गर्ने क्रममा अचानक भूइँमा ढल्नुभएकोमा प्राथमिक उपचार केन्द्र फेदीबाट गएका स्वास्थ्यकर्मीद्वारा प्रारम्भिक उपचार भई थप उपचारका लागि जिल्ला अस्पताल ल्याइएको थियो । 

    images

    अस्पतालले ढुङ्गानालाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ । पाथीभरा मन्दिर जानेक्रममा लेक लागेर स्वास्थ्यमा समस्या आएको हुनसक्ने स्थानीयवासीको अनुमान छ । ढुङ्गाना आफ्नो परिवार र नातागोतासहित मन्दिरको दर्शनका लागि माथिल्लो फेदीमा बास बसेर आज बिहान मन्दिर पुगेका थिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij