Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

टी–२० सिरिजमा नेपालको विजयी सुरुवात

टी–२० सिरिजमा नेपालको विजयी सुरुवात

  • काठमाडौँ । त्रिकोणात्मक टी–२० सिरिजमा घरेलु टोली नेपाल विजयी सुरुवात गरेको छ । नेपालले  सोमबार भएको पहिलो खेलमा पपुवा न्युगिनी (पिएनजी)माथि  १५ रनको जित हात पारेको हो ।

    images
    images
    images

    १८४ रनको लक्ष्य पछ्याएको पिएनजीले १९.२ ओभरमा सबै विकेट गुमाउँदै १६८ रन मात्र बनाउन सक्यो । नेपालका कप्तान सन्दीप लामिछाने र करण केसीले ३–३, अविनास बोहराले २ तथा सोमपाल कामीले १ विकेट हात पार्दा १ विकेट रन आउटका रूपमा प्राप्त भयो । 

    यसअघि कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १८३  रन बनाएको थियो ।

    नेपालका लागि आसिफ शेखले सर्वाधिक ४३ रनको योगदान दिए । ११.३ ओभरमा अली नाओले सिमोन अटाइबाट क्याच गराउनुअघि उनले ३५ बलको सामना गर्दै ५ चौका र १ छक्का प्रहार गरे । रोहितकुमार पौडेलले ३४ र आरिफ शेखले ३१ रन बनाए ।

    दोस्रो विकेटका लागि आसिफ र रोहितले ८० रनको साझेदारी गरेका थिए । पिएनजीका लागि चार्ल्स अमिनी, अली  नाओ र चाड सोपरले २–२ तथा रिले हिकुरे र नोर्मन भानुआले १–१ विकेट हात पार्दा १ विकेट रन आटका रूपमा प्राप्त भयो ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij