Logo

Apr 21 2025 | २०८२, वैशाख ८ गते

Apr 21 2025 | २०८२, वैशाख ८ गते

पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने

पीएनजीविरुद्ध नेपालले ब्याटिङ गर्ने

  • काठमाडौं । त्रिदेशीय टी–२० श्रृङ्खलाको पहिलो खेलमा नेपालले पपुवा न्यूगिनी (पीएनजी) विरुद्ध पहिले ब्याटिङ गर्ने भएको छ । कीर्तिपुरस्थित टीयू मैदानमा घरेलु टोली ब्याटिङ गर्ने भएको छ ।  

    images
    images
    images

    एकदिवसीय खेलेका कप्तान सन्दीप लामिछानेसहित सोमपाल कामी, रोहित पौडेल आरिफ शेख दीपेन्द्र सिंह ऐरी र कुशल भुर्तेल टी–२० टिममा पनि खेल्दैछन् ।

    एकदिवसीयमा शतक प्रहार गरेका रोहित पौडेल सोमबार बिहान मात्रै टी–२० श्रृङ्खलाका लागि टिममा समावेश भएका थिए । यसअघि पीएनजीविरुद्ध एकदिवसीय श्रृङ्खला खेलेको नेपाली टिममा ५ खेलाडी परिवर्तन भएका छन् । यसबाहेक आसिफ शेख, करण केसी, अविनाश बोहरा, कुशल मल्ल र लोकेश बम टी–२० मा पहिलो रोजाईमा खेल्दैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij