
Apr 19 2025 | २०८२, वैशाख ६ गते
काठमाडाैँ । एकदिवसीय अन्तर्राष्ट्रिय सिरिजअन्तर्गतको पहिलो खेलमा पपुवा न्यूगिनी (पिएनजी) ले नेपाल समक्ष २९३ रनको लक्ष्य प्रस्तुत गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा पिएनजीले निर्धारित ५० ओभरमा ८ विकेट गुमाउँदै २९२ रन बनायो ।
नोर्मन भानुआले ४७ र टोनी उराले २८ रन बनाउँदा जेसन किला १३ रनमा अविजित रहे । ४५.२ ओभरमा सोमपाल कामीले बोल्ड गराउनुअघि अमिनीले १०३ बलको सामना गर्दै ६ चौका र १ छक्कासहित ७७ रन बनाए । २५.१ ओभरमा दिपेन्द्रसिंह ऐरीले बोल्ड आउट गराएका भालाले ६० रन जोडे ।
५५ बलको सामना गरेका उनले ११ चौका प्रहार गरे । तेस्रो विकेटका लागि अमिनी र भालाले ७४ रनको साझेदारी गर्दै पिएनजीको पारी उकासेका थिए । नेपालका लागि सोमपाल कामी, दिपेन्द्रसिंह ऐरी र कमलसिंह ऐरीले दुई/दुई तथा कप्तान सन्दीप लामिछाने र पवन सर्राफले एक/एक विकेट हात पारे ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij