Logo

Apr 17 2025 | २०८२, वैशाख ४ गते

Apr 17 2025 | २०८२, वैशाख ४ गते

एक व्यक्ति प्रहरीबाट मारिए

एक व्यक्ति प्रहरीबाट मारिए

  • काठमाडौं । योगी आदित्यनाथको शपथ ग्रहण समारोह अगाडि प्रहरी कारबाहीमा एक व्यक्ति मारिएका छन् ।उत्तर प्रदेशको राजधानी लखनउको हसनगञ्ज क्षेत्रमा राहुल सिंह भन्ने व्यक्ति प्रहरी इन्काउन्टरमा मारिएका हुन् । उनी लुटपाटका आरोपी भएको भारतीय मिडियाहरुले जनाएका छन् । लुटपाटको क्रममा एक व्यक्तिको हत्यासमेत भएको थियो । 

    images
    images
    images

    दुबै तर्फबाट फायरिङ भएको र प्रहरीको गोली लागेर उनको मृत्यु भएको भारतीय मिडियाहरुले उल्लेख गरेका छन् ।योगी आदित्यनाथले मुख्यमन्त्री पदको लगातार दोस्रो इनिङ सुरु गर्दै गर्दा आजको शपथ ग्रहण समारोहमा सुरक्षा व्यवस्था कडा पारिएको छ । इकाना स्टेडियममा हुने शपथ ग्रहण समारोहमा प्रधानमन्त्री नरेन्द्र मोदी, गृहमन्त्री अमित शाह, रक्षामन्त्री राजनाथ सिंह लगायतका विशिष्ट पाहुनाहरु सहभागी हुँदैछन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij