
Apr 22 2025 | २०८२, वैशाख ९ गते
नाइजेरियाको उत्तर पश्चिमी राज्य जामफारामा अज्ञात बन्दुकधारीहरुले गोली हानी १६ जना सर्वसाधारण गाउँलेको हत्या गरेका छन् । जामफारा प्रहरीले सो घटनाको पुष्टि गरेको छ । समाचारअनुसार ती गाउँलेमाथि अज्ञात बन्दुकधारीहरुले गोली हानेका थिए ।
उनीहरुले उक्त राज्यको गनार कियाना भन्ने गाउँमा पुगेर गाउँलेमाथि गोली चलाएका थिए । ठूलो संख्यामा आएका बन्दुकधारीहरुले अन्धाधुन्ध गोली प्रहार गरेर उनीहरुको हत्या गरेका र अरु कयौँलाई नराम्ररी घाइते बनाएका छन् ।
गत आइतबार राति सो गाउँमा ठूलो हिंसा भएको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij