Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

युक्रेनबाट नेपालमा भित्रियो साढे तीन अर्बभन्दा बढीको कच्चा तेल

युक्रेनबाट नेपालमा भित्रियो साढे तीन अर्बभन्दा बढीको कच्चा तेल

  • काठमाडौं । युद्ध चलिरहेको अवस्तामा पनि युक्रेनले नेपाललाई साढे तीन अर्ब रुपैयाँभन्दा बढीको कच्चा पदार्थ पठाएको छ। युक्रेनबाट नेपाल भित्रेका वस्तुमा ठूलो हिस्सा कच्चा भटमास तथा सनफ्लावर तेलको रहेको छ । युद्ध चलिरहेको करिव एक महिनाको अवधिमा युक्रेनबाट नेपालमा ३ अर्ब ६२ करोड ७१ लाख ९१ हजार रुपैयाँको वस्तु भित्रिएको भन्सार विभागले जनाएको छ।

    विभागले जारी गरेको तथ्याङ्क अनुसार चालु आर्थिक वर्ष २०७८/७९ को पहिलो ८ महिनामा युक्रेनबाट नेपालमा १८ अर्ब ५ करोड ५ लाख ५२ हजार रुपैयाँको वस्तु भित्रिएको छ। सो अवधिमा नेपालबाट युक्रेनमा मात्र १९ लाख २९ हजार रुपैयाँको वस्तु गएको छ।चालु आर्थिक वर्ष २०७८/७९ को साउनदेखि फागुनसम्म युक्रेनबाट १२ अर्ब ५३ करोड ६२ लाख ६३ हजार रुपैयाँको कच्चा सनफ्लावर तेल र ७९ करोड ४७ लाख ९० हजार रुपैयाँको कच्चा भटमास तेल नेपाल भित्रिएको छ। विभागका अनुसार सोही अवधिमा युक्रेनबाट नेपालमा ४ अर्ब ५९ करोड २० लाख १४ हजार रुपैयाँको तोरी भित्रिएको छ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij