Logo

Apr 19 2025 | २०८२, वैशाख ६ गते

Apr 19 2025 | २०८२, वैशाख ६ गते

शताब्दीपुरुष जोशीको जीवनी प्रकाशित

शताब्दीपुरुष जोशीको जीवनी प्रकाशित

  • काठमाडौँ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको जीवनी प्रकाशित भएको छ । पत्रकार गिरिश गिरीले करीब एक दशक शताब्दी पुरुष जोशीसँग गरेको कुराकानीमा आधारित रहेर पुस्तक प्रकाशन भएको हो ।

    images
    images
    images

    पत्रकार एवम् लेखक गिरिश गिरीले लेखेको यो आत्मबृतान्त बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो । निरन्तर नेपाली लोकसंस्कृति, साहित्य, परातत्व र समाज निर्माणका लागि लागि परेका जोशीको कालखण्डलाई वर्णन गर्ने उद्देश्यले पुस्तक लेखिएको हो।

    पुस्तकमा जोशीको राणाकालिन अनुवभदेखि लिएर कोरोनाकालसम्मको अनुभव समेटिएको छ। विमोचन कार्यक्रममा सत्यमोहनले किताबका बारेमा धेरै लामो त बोलेनन तर उनले आफ्नो जीवनका विविध कालखण्ड पुस्तकाकार रुपमा सार्वजनिक हुनुको हर्ष साटे । उनले बुद्धले चार आर्य सत्यको कुरा गरेजस्तै आफूले पनि पुस्तकमा नयाँ दर्शनको कुरा गरेको बताए ।

    लोकगीतको ईतिहास कहिलेबाट सुरु भयो र कसरी भयो भन्नेबारेको खोजलाई आफूले 'जुरेली दर्शन'को नाम दिएको बताए । उक्त पुस्तकमा लेखक गिरीले हलुवावेदमा बसेको जुरेली चरोले पुर्ख्यौली लोकगीतलाई आफ्नै भाका र ताल सुरुमा गुञ्जयमान गरेर गाईरहेको, उफ्रि उफ्रि नाचिरहेको देखेको पुस्तकमा लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij