Logo

Jun 10 2026 | २०८३, जेठ २७ गते

Jun 10 2026 | २०८३, जेठ २७ गते

शताब्दीपुरुष जोशीको जीवनी प्रकाशित

शताब्दीपुरुष जोशीको जीवनी प्रकाशित

  • काठमाडौँ । शताब्दी वाङ्मय पुरुष सत्यमोहन जोशीको जीवनी प्रकाशित भएको छ । पत्रकार गिरिश गिरीले करीब एक दशक शताब्दी पुरुष जोशीसँग गरेको कुराकानीमा आधारित रहेर पुस्तक प्रकाशन भएको हो ।

    onlinepatrika
    Arghakhachi

    पत्रकार एवम् लेखक गिरिश गिरीले लेखेको यो आत्मबृतान्त बुकहिल पब्लिकेशनले बजारमा ल्याएको हो । निरन्तर नेपाली लोकसंस्कृति, साहित्य, परातत्व र समाज निर्माणका लागि लागि परेका जोशीको कालखण्डलाई वर्णन गर्ने उद्देश्यले पुस्तक लेखिएको हो।

    AGNI GROUP

    पुस्तकमा जोशीको राणाकालिन अनुवभदेखि लिएर कोरोनाकालसम्मको अनुभव समेटिएको छ। विमोचन कार्यक्रममा सत्यमोहनले किताबका बारेमा धेरै लामो त बोलेनन तर उनले आफ्नो जीवनका विविध कालखण्ड पुस्तकाकार रुपमा सार्वजनिक हुनुको हर्ष साटे । उनले बुद्धले चार आर्य सत्यको कुरा गरेजस्तै आफूले पनि पुस्तकमा नयाँ दर्शनको कुरा गरेको बताए ।

    लोकगीतको ईतिहास कहिलेबाट सुरु भयो र कसरी भयो भन्नेबारेको खोजलाई आफूले 'जुरेली दर्शन'को नाम दिएको बताए । उक्त पुस्तकमा लेखक गिरीले हलुवावेदमा बसेको जुरेली चरोले पुर्ख्यौली लोकगीतलाई आफ्नै भाका र ताल सुरुमा गुञ्जयमान गरेर गाईरहेको, उफ्रि उफ्रि नाचिरहेको देखेको पुस्तकमा लेखेका छन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij