
Apr 08 2025 | २०८१, चैत २६ गते
काठमाडौँ । बागलुङमा ढुंगा प्रहार गरी श्रीमतीको हत्या गरेको अभियोगमा एकजना पक्राउ परेका छन् । ४२ वर्षीया श्रीमती तिला नेपालीलाई ढुंगा प्रहार गरी हत्या गरेको अभियोगमा बागलुङ नगरपालिका १४ नमुनागाउँ बस्ने ५५ वर्षीय रत्न बहादुर नेपालीलाई प्रहरीले पक्राउ गरेको छ ।
गम्भीर घाइते तिलाको धौलागिरी अस्पताल बागलुङमा उपचारको क्रममा मृत्यु भएको थियो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij