Logo

Jun 28 2026 | २०८३, असार १४ गते

Jun 28 2026 | २०८३, असार १४ गते

समर्थन मूल्यमा धान खरिद शुरुः धान बेच्न किसानको भेषमा व्यापारी

समर्थन मूल्यमा धान खरिद शुरुः धान बेच्न किसानको भेषमा व्यापारी

  • वीरेन्द्र कर्ण, वीरगञ्ज । सङ्घीय सरकारले किसानको धान मात्र खरिद गर्ने नीति लिए पनि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय वीरगञ्जले धान खरिद गर्न शुरु गरेपछि किसानको भेषमा निजीस्तरका गल्ला व्यापारी पनि आउन थालेका छन् । 

    onlinepatrika
    Arghakhachi

    शाखा कार्यालयले मङ्सिर ११ गतेदेखि किसानबाट धान खरिद गर्न थालेको हो । किसानको लाइनमा उभेर निजी गल्ला व्यापारी धान बेच्न थालेपछि हालसम्म ५० नक्कली किसानलाई फर्काइएको सो कार्यालयले जनाएको छ ।

    AGNI GROUP

    “सङ्घीय सरकारले यस वर्ष धान खरिदको समर्थन मूल्य सोनामन्सुलीमा १० प्रतिशत र जिरामसिनो धानमा साढे तीन प्रतिशत बढाएपछि बढी मुनाफा लिन निजीस्तरका गल्ला व्यापारीले धान बेच्न सो कार्यालयमा आउने गरेको छ”, शाखा प्रमुख विशाल कटुवालले राससलाई भन्नुभयो, “व्यापारीको धानमा मिसावट हुने गरेकाले यसप्रति हामी सजग भएर किसानको धान मात्र खरिद गर्ने गरेका छौँ ।”

    व्यापारीको धानमा मिसावट हुने गरेको तथा किसानको धानमा मिसावट नदेखिएकाले कार्यालयले किसानको धान मात्र खरिद गर्न थालिएको छ । कार्यालयले धान खरिद गर्दा १८ प्रतिशत सुकेको, दुई प्रतिशतभन्दा बढी मिसावट नभएको र पाँच प्रतिशतसम्म बिगे्रको धान खरिद गर्ने गरेका छन् । धान खरिद गर्दा किसानको नागरिकता वा लालपुर्जाको फोटोकपी, स्थानीय तहले किसान हो भनेर सिफारिसको प्रतिलिपि भए मात्र धान खरिद गर्ने गरेको छ ।

    त्यति मात्र नभएर बिचौलियाले प्रतिक्विन्टल रु १८० लिएर व्यापारीको धान बेच्न आउने गरेको र यस्ता बिचौलियाको धान खरिद नगरी पठाउने गरेको छ, सूचना अधिकारी मुनिलाल कुशवाहाले बताउनुभयो । यस वर्ष निजीस्तरका गल्ला व्यापरीले सोनामन्सुली धान प्रतिक्विन्टल रु दुई हजार ६०० र जिरामसिनो धान प्रतिक्विन्टल रु दुई हजार ८०० मा किन्ने गरेको भएपनि सरकारले भने सोना मन्सुली प्रतिक्विन्टल रु दुई हजार ८८५ र जिरामसिनो धान प्रतिक्विन्टल रु दुई हजार ९०० मा खरिद गर्न थालेपछि बिचौलियामार्फत निजीस्तरका गल्ला व्यापारी पनि संस्थानमा धान बेच्न प्रयास गरेको देखिन्छ ।

    सरकारले अघिल्लो आर्थिक वर्ष २०७६÷७७ मा सोना मन्सुली धान प्रतिक्विन्टल रु दुई हजार ६७३ तथा जिरामसिनो धान प्रतिक्विन्टल रु तीन हजार ५० मूल्य तोकेको थियो भने यस वर्ष नेपाल सरकारले सोनामन्सुली धान प्रतिक्विन्टल रु दुई हजार ८८५ समर्थन मूल्य तोकेको छ भने प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा रहेको जिल्ला प्राथमिक खरिद समितिले जिरामसिनो धानको खरिद मूल्य प्रतिक्विन्टल रु दुई हजार ९०० तोकेको छ ।

    संस्थानले यस वर्ष रु आठ करोड ६५ लाख ५० हजार मूल्य बराबरको ३० हजार क्विन्टल सोनामन्सुली धान रु एक करोड ४५ लाख मूल्य बराबरको पाँच हजार क्विन्टल धान खरिद गर्ने लक्ष्य लिएकामा खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड वीरगञ्जले हालसम्म रु तीन करोड ४६ लाख २० हजार मूल्य बराबरको १२ हजार सोनामन्सुली धान तथा रु दुई लाख ९० हजार मूल्य बराबरको १०० क्विन्टल जिरामसिनो धान खरिद गरिसकेको छ । दैनिक दर्जनौँ टायरगाडा तथा ट्र्याक्टरमा धान बेच्न किसान आउने गरेकाले सङ्घीय सरकारले दिएको लक्ष्य माघको पहिलो हप्तासम्म पूरा हुने विश्वास कार्यालयको छ । 

    सङ्घीय सरकारले अघिल्लो आर्थिक वर्षको तुलनामा यस आवमा धान खरिदको समर्थन मूल्य प्रतिक्विन्टल रु २११।७४ पैसा बढी तोकेपछि धान खेती गर्ने किसान हर्षित भएका छन् । अमेरिकी सरकारले एक हजार मेट्रिक टन धान भण्डारण गर्ने क्षमताको एउटा गोदाम बनाएपछि कार्यालयसँग धान भण्डारण गर्ने चार हजार मेट्रिक टन क्षमताको पाँच गोदाम छ । धान उत्पादक किसानले आफ्नो धान कम्पनीको कार्यालय वीरगञ्जमा ल्याएर नगदै धान बेच्ने गरिएकाले तोकिएको लक्ष्य समयमै पूरा हुने विश्वास कार्यालयले लिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij