Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । साउदी अरबका विदेशमन्त्री राजकुमार फैसल बिन फहरान अल साउदले आज नेपाल आउने भएका छन्। परराष्ट्र मन्त्रालयले दिएको जानकारी अनुसार राजकुमार फैजल दुई दिने भ्रमणका क्रममा आज अपरान्ह नेपाल आउन लागेका हुन्।
भ्रमणका क्रममा साउदी अरबका विदेशमन्त्री राजकुमार फैसलले राष्ट्रपति विद्यादेवी भण्डारी र प्रधानमन्त्री शेरबहादुर देउवासँग बेग्लाबेग्लै शिष्टाचार भेटवार्ता गर्ने कार्यक्रम रहेको परराष्ट्र मन्त्रालयले जनाएको छ।
परराष्ट्रमन्त्री नारायण खड्कासँग साउदी विदेशमन्त्री फैजलको मंगलबार द्विपक्षीय भेटवार्ता गर्ने कार्यक्रम रहेको छ। दुई देशका परराष्ट्र मन्त्रीले जनलर कोअपरेसन एग्रिमेन्टमा हस्ताक्षर गर्ने कार्यक्रम रहेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij