Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

साढे चार करोडको शहीदद्वार 

साढे चार करोडको शहीदद्वार 

  • काठमाडाैँ । जनकपुरधाम उपमहानगरपालिकामा ४ करोड ५० लाख रुपैयाँको लागतमा शहीदद्वारको निर्माण सम्पन्न भएको छ। उपमहानगरपालिकाले मुजेलियामा जनकपुर ढल्केवर ६ लेन सडक आयोजना अन्तर्गत निर्माण गरेको शहीदद्वारको शुक्रबार उद्घाटन गरेको हो । 

    images
    images
    images

    शहीदद्वारको निर्माण धनुष आकारको रहेको र धनुषको माथिको भागमा भगवान् श्रीरामले धनुषमा प्रत्यञ्चा चढाएको आकर्षक मूर्ति राखिएको छ भने मधेश आन्दोलनको क्रममा शहादतप्राप्त तीन जना सहीदहरू नितु यादव, सञ्जय चौधरी र दिलीप यादवको अर्ध कदको शालिक राखिएको छ । 

    शहादतप्राप्त तीनै जनाको सामूहिक दाहसंस्कार सोही ठाउँमा गरिएको थियो । यसैगरी सबै मधेसी शहीदहरूको नाम शिलापत्रमा उल्लेख गरेर राख्ने काम भएको छ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij