
Apr 09 2025 | २०८१, चैत २७ गते
दाङमा चोरी तथा लुटपाटको आरोपमा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा घोराही उपमहानगरपालिका वडा नम्बर ९ का अन्दाजी २४ वर्षीय गणेश कुमार डाँगी रहेका छन् ।
पक्राउ परेका डाँगीले घोराही-१३ का ४८ वर्षीय झुका रोकाको ४ लाख ६७ हजार ७ सय २० रुपैयाँ लुटपाट गरेको जिल्ला प्रहरी कार्यालय दाङले जानकारी दिए ।
उनको साथबाट लुटपाट गरेको रकम, उनले प्रयोग गरेको मोटरसाइकल र मोबाइल फोन एक थानसहित नियन्त्रणमा लिइ थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij