
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौं । सिरहाको राजपुर गाविसका तत्कालीन गाविस सचिव केशव घिमिरेसहित तीनजनाविरुद्ध भ्रष्टाचार आरोपमा काठमाडौं विशेष अदालतमा मुद्दा दायर गरेको छ ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले आर्थिक वर्ष २०६९/७० र ७०/७१ को आन्तरिक आम्दानी शीर्षकमा हिनामिना गरेको आरोपमा घिमिरेसहित तत्कालीन खाता सञ्चालक सामाजिक विकास अधिकृत अरुण शाह र अर्का खाता सञ्चालक शिवजी कामतीविरुद्ध अख्तियारले शुक्रबार मुद्दा दायर गरेको हो ।
उनीहरुविरुद्ध ३ लाख २७ हजार ३४९ रुपैयाँ मागदावी लिई विशेष अदालतमा मुद्दा दायर गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जानकारि दिएको छ । अनुसार यादवविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोग ऐन २०४८ को दफा १८ र ३५ एवं भ्रष्टाचार निवारण ऐन २०५९ को दफा ३६ बमोजिम विशेष अदालतमा आरोप पत्र दायर गरिएको आयोगका प्रवक्ता श्याम प्रसाद भण्डारीले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij