• २०७७, मंसिर १०गते
Logo

शेयर पत्रिका

एकैदिन ६ अर्बको कारोबार, सेयर बजारको इतिहासकै सबैभन्दा धेरै !

अनलाइन पत्रिका

४, मंसिर २०७७
  • 111
    SHARES
  • एकैदिन ६ अर्बको कारोबार,  सेयर बजारको इतिहासकै सबैभन्दा धेरै !

    काठमाडौं । नेपाली सेयर बजारमा नयाँ रेकर्ड राखेको छ । साताको अन्तिमदिन बिहीबार सेयर कारोबार रकम ६ अर्ब भन्दा धेरै भएर नयाँ रेकर्ड राखेको हो ।

    नेपाल स्टक एक्सचेञ्ज (नेप्से) का प्रवक्ता मुराहरी पराजुलीले सेयर कारोबार रकमले नयाँ रेकर्ड कायम गरेको पुष्टि गरे । नेप्सेमा कारोबार हुने सबै उपसमूहहरु बिहीबार उकालो लागेका छन् । उनले भने, ‘यसअघि एकैदिन ४ अर्ब ८५ करोड रुपैयाँको कारोबार भएको थियो, आज नयाँ रेकर्ड कायम भएको हो ।’

    यो नेपाली सेयर बजारको इतिहासकै सबैभन्दा धेरै हो ।

    प्रकाशित मिति :मंसिर ४, २०७७ बिहिवार - १६:४८:३५ बजे

    अनलाइन पत्रिका

    सम्बन्धित समाचार