
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । पछिल्ला वर्ष सयपत्रीमा देश आत्मनिर्भर हँुदै गएको छ । गत वर्ष तिहारमा सयपत्रीका २५ लाख माला खपत भएको थियो । यस वर्ष भने बजारमा १५ लाख मात्र मालाको माग थियो । मुख्यगरी तिहारमा प्रयोग हुने सयपत्री, मखमली र गोदावरीमध्ये सयपत्रीका करीब तीन लाख माला भारतबाट ल्याउने गरिएको थियो ।
व्यवसायीले यस वर्ष तिहारमा पात्रो हेरेर व्यावसायिकरूपमा फूल लगाए, उत्पादन पनि राम्रो थियो तर बजार पाएनन् । अहिले स्वदेशमा नै ९५ प्रतिशत फूल उत्पादन हुन थालेकाले पाँच प्रतिशत मात्र भारतबाट ल्याउनुपर्ने बाध्यता छ ।
कोरोनाको त्रास कायमै रहेकाले फूल क्षेत्रको व्यापारले अझै गति लिनसकेको छैन । त्रासकै बीच लामो समयदेखि बन्द अन्य क्षेत्र विस्तारै खुला हुन थाले पनि फूलको व्यापार भने हुन सकेन । कार्यक्रमहरु नभएको, मानिसमा क्रयशक्ति कम भएको र यस वर्षका लागि विवाहको लगन पनि सकिन लागेकाले फूलको व्यापार हुन नसकेको बताइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij