
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौं/ युक्रेनको आपतकालीन सेवाले जापोरिज्जियामा रहेको युरोपको ठूलो आणविक भट्टीमा लागेको आगो नियन्त्रणमा आएको जनाएको छ । स्थानीय समय अनुसार बिहान सवा ६ बजे उक्त भट्टीमा मिसाइल आक्रमण भएको थियो । युक्रेनले यसअघि रुसी सेनाले सो भट्टीसहित पाँचतले भवनमा आक्रमण गरेपछि आगो लागेको बताएको थियो ।
यस आक्रमणमा परेर कुनै पनि मानवीय क्षति नभएको उक्त संस्थाले फेसबुकमा उल्लेख गरेको छ । भट्टीमा लागेको आगो निभाउन ४० जना उद्धारकर्मी र १० वटा यातायातका साधन प्रयोग गरिएको थियो । आक्रमणमा भट्टीको मुख्य केन्द्रमा कुनै पनि क्षति नपुगेको र सुरक्षित रूपमा भट्टी बन्द गरिएको छ अलजजिराले जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij