Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

रुसले प्रयोग गरे भिटो पावर

रुसले प्रयोग गरे भिटो पावर

  • काठमाडौं । संयुक्त राष्ट्रसंघको सुरक्षा परिषदमा युक्रेनबारेको एक प्रस्तावमा रुसले भिटो पावरको प्रयोग गरेर त्यसलाई रोकिदिएको छ ।रुसले युक्रेनमा गरेको आक्रमणको निन्दा गर्ने प्रस्तावमा स्थायी सदस्य राष्ट्र रुसले भिटो प्रयोग गरेको हो । यस प्रस्तावको पक्षमा ११ सदस्यले भोट दिए । भारत, चीन र युएईले भोटिङमा भाग लिएनन् ।

    images
    images
    images

    युक्रेनमा रुसी आक्रमणलाई रोक्ने र सेनालाई फिर्ता बोलाउने विषयमा मतदान गराइएको थियो ।रुस सुरक्षा परिषदका पाँच स्थायी सदस्यमध्ये एक हो । सुरक्षा परिषदका स्थायी सदस्यमा रुससँगै अमेरिका, चीन, फ्रान्स र ब्रिटेन छन् । उनीहरुसँग भिटो पावर प्रयोग गर्ने अधिकार रहन्छ ।सुरक्षा परिषदको बैठकमा रुसी राजदूतले युक्रेनमाथि गरिएको आक्रमणको बचाउ गर्दै डोनबास क्षेत्रका युक्रेनी नागरिकको सुरक्षाका लागि यो कदम उठाएको बताएका थिए ।

    यसैगरी अमेरिकी राजदूतले युक्रेनमा गरिएको आक्रमणको निन्दा गर्दै रुसले भिटोको गलत प्रयोग गरेको बताएकी थिइन् ।

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij