
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ। एपीएफले ललितपुर मेयर–११ लाई ७ विकेटले पराजित गरेको छ । जितसँगै एपीएफ ललितपुर मेयर कप महिला टी–२० क्रिकेट प्रतियोगिताको फाइनलमा पुगेको छ ।
ललितपुरले दिएको ८१ रनको लक्ष्य एपीएफले १३ ओभरमा ३ विकेट गुमाउँदै पूरा गर्यो । एपीएफको यो लगातार तेस्रो जित हो । एपीएफका लागि ओपनर ज्याती पाण्डेले ५६ रनको उत्कृष्ट अविजित ईनिङ खेलिन् । उनले ४५ बलमा ११ चौका प्रहार गरिन् ।
कप्तान सीता रानामगर एक रन बनाएर पवेलियन फर्किइन् । ममता चौधरीले पाँच, सरिता मगरले आठ रन जोड्दा रोमा थापाले ११ रनको योगदान गरिन् । बलिङतर्फ ललितपुर मेयर–११ की अनुराधा चौधरीले एक विकेट लिइन् ।
ललितपुरले पूरा २० ओभर खेल्दै ८० रन जोडेको थियो । टोलीको तर्फबाट सुमन खतिवडाले सर्वाधिक ३० रन जोड्नि । आरती बिडारीले २१ र कप्तान सरस्वती कुमारीले नौ रन बनाए । बलिङतर्फ एपीएफका सुमन विष्ट र करुणा भण्डारीले एकएक विकेट लिए ।
एपीएफ ६ अंकका साथ शीर्ष स्थानमा छ । सुदूरपश्चिम प्रदेश, प्रदेश नम्बर–१ र लुम्बिनी प्रदेश क्रमशः दोस्रो, तेस्रो र चौथो स्थानमा छन् । तीनै खेलमा पराजित ललितपुर मेयर–११ पुछारमा छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij