
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडाैँ । सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा भएको आत्मघाती बम आक्रमणमा १४ जनाको मृत्यु भएको छ । १६ जना घाइते भएकाे द गार्जियनले जनाएको छ
सोमालियाको बेलेडवेन शहरको एक रेष्टुरेन्टमा शनिबार बम विष्फोट भएको थियो । सोमालियामा संसदीय निर्वाचनको पूर्वसन्ध्यामा बम विष्फोट भएपछि सुरक्षा व्यवस्था कडा पारिएको छ ।
आक्रमणको जिम्मा आतंकवादी समूह अल शबाबले लिएको छ । उसले विज्ञप्ति जारी गरी आफ्नो एक लडाकुले बम विष्फोट गराएको जनाएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij