Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

बाइडेनको दावी, "रुसले हमलाको योजना बनाइसकेको छ"

बाइडेनको दावी, "रुसले हमलाको योजना बनाइसकेको छ"

  • काठमाण्डौं/ अमेरिकी राष्ट्रपति जो बाइडनले रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले युक्रेनमाथि हमला गर्ने निर्णय गरेको आफूलाई यकिन भएको बताएका छन् । बाइडेनले कुनै पनि दिन यो हमला हुन सक्ने आशंका जताएका हुन् ।
    आफूले अमेरिकी खुफिया सूचनाका आधारमा यो मूल्याङ्कन गरेको बाइडनले दाबी गरेका हुन् । यद्यपि, रुसले हमलाको तयारी नगरेको बताउँदै आएको छ । पश्चिमी राष्ट्रलाईलाई डर छ कि रुस युक्रेनको पूर्वी क्षेत्रमा फर्जी सङ्कट खडा गर्न चाहन्छ जसले हमलाका लागि बहाना मिलोस् । अमेरिकाको अनुमान छ कि युक्रेनको सीमामा १ लाख ७० हजारदेखि १ लाख ९० हजार रुसी सैनिक तैनाथ छन् । यसमा पूर्वी युक्रेनमा स्वघोषित रिपब्लिक डोनेस्क र लुहस्कका रुस समर्थित लडाकु पनि सामेल छन् ।
    ह्वाइट हाउसबाट एक टेलिभिजन सम्बोधनमा अमेरिकी राष्ट्रपति ले भने,"आगामी हप्ता वा दिनमा रुसी सैनिकको युक्रेनमा हमला गर्ने योजना छ । यसलाई लिएर म आश्वस्त छु ।" यद्यपि, अझै पनि रुसले कूटनीतिक बाटो पनि रोज्न सक्ने बताउँदै उनले तनाव कम गर्न वार्ताको टेबलमा आउन ढिला नभएको उनले जिकिर पनि गरे ।
    शुक्रबार युक्रेनका दुई अलगाववादी क्षेत्रका नेताहरूले त्यहाँका नागरिकलाई अन्य क्षेत्रमा लैजाने घोषणा गरेका थिए । युक्रेनले गोलाबारी सुरु गरेको र हमलाको योजना बनाएको उनीहरूको आरोप थियो । यद्यपि, युक्रेनले यसलाई अस्वीकार गर्दै आइरहेको छ । यसलाई उनीहरूले रुसको फर्जी रिपोर्टको संज्ञा दिएका छन् । रुसले सन् २०१४ देखि पूर्वी युक्रेनमा एक सशस्त्र विद्रोहलाई समर्थन गर्दै आइरहेको छ । त्यहाँ कम्तिमा १४ हजारले ज्यान गुमाइसकेका छन् ।

    images
    images
    images

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij