Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

विश्वकप छनोट खेलमा नेपालको सानदार सुरुवात

विश्वकप छनोट खेलमा नेपालको सानदार सुरुवात

  • काठमाडौँ । आईसीसी पुरुष टी-२० विश्वकप ग्लोबल छनोट अन्तर्गत आज भएको खेलमा नेपालले आयोजक ओमानमाथि ३९ रनको जित हात पारेको छ । 

    images
    images
    images

    १ सय १८ रनको लक्ष्य पछ्याएको ओमान १७ ओभरमा अलआउट हुदै ७८ रनमात्र जोड्न सक्यो । ओमानका लागि नसिम खुसीले २४ रन, आमिर कलिमले ९, जातिन्दर सिंहले ९, खबर अलीले ७, फयाज बटले ६, कलिमुल्लाहले ५, अयान खानले ३, जिसन मक्सुदले २ र सोएब खानले १ रन बनाए ।  

    नेपाललाई जिताउन कमल सिंह ऐरीले सर्वाधिक ३ विकेट लिए । जितेन्द्र मुखिया, कप्तान सन्दीप लामिछानेले २–२ विकेट लिँदा अभिनास बोहरा र दिपेन्द्र सिंह ऐरीले १/१ विकेट लिए।

    त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर ११७ रन बनाएको थियो।
    नेपालका लागि आरिफ शेखले सर्वाधिक ३८ रन बनाए। उनले ३७ बलमा २ चौका प्रहार गरे। यस्तै कप्तान सन्दीप लामिछानेले ७ बलमा १६ रन बनाए। ओपनर आशिफ शेख मात्र चार रनमा आउट भए। त्यसपछि कुशल भुर्तेल पनि ब्यक्तिगत पाँच रनमा आउट भए।

    त्यसपछि पूर्व कप्तान ज्ञानेन्द्र मल्ल ब्यक्तिगत १५ रनमा पेभेलियन फर्किए । उनले १५ बलमा दुई चौका प्रहार गरेका थिए। मल्ल आउट हुँदा नेपालको स्कोर बोर्डमा ३३ रन थियो । ४० रन हुँदा दिपेन्द्रसिंह ऐरी ब्यक्तिगत ११ रनमा आउट भए ।

    अन्तिममा कप्तान सन्दीप लामिछानेले उत्कृष्ट पारी खेले। उनले सात बलमा एक चौका र एक छक्काको मद्दतमा अविजित १६ रन बनाए। बलिङमा खवर अलीले तीन, बिलाल खानले दुई तथा फय्याज बट र जिशान मकसूदले एक/एक विकेट लिए।

    यो प्रतियोगिता अघि ओमानसँग खेलिएको चार देशीय सिरिजमा नेपालले ओमानलाई ६ विकेटले हराएको थियो।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij