
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । बलिउडका चर्चित गायक र संगीतकार बप्पी लाहिरीको बुधबार मुम्बईको एक अस्पतालमा निधन भएको छ । वरिष्ठ संगीतकार बप्पी ६९ वर्षको उमेरमा निधन भएको छ । मुम्बईको जुहुस्थित क्रिटिकेयर अस्पतालमा मंगलबार राति निधन भएको हो ।
चिकित्सकका अनुसार उनी एक महिनाको उपचारपछि सोमबार अस्पतालबाट डिस्चार्ज भएका हुन् । तर, मंगलबार अचानक उनको स्वास्थ्य बिग्रियो । उनको फोक्सोमा इन्फेक्सन भएको र सास फेर्न गाह्रो भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij