Logo

Sep 01 2025 | २०८२, भदौ १६ गते

Sep 01 2025 | २०८२, भदौ १६ गते

एसइईको सबै जिम्मा प्रदेश सरकारलाई दिने तयारी

एसइईको सबै जिम्मा प्रदेश सरकारलाई दिने तयारी

  • काठमाडौँ । आगामी वैशाख ९ देखि २० गतेसम्म सञ्चालन हुने माध्यामिक शिक्षा परीक्षा कक्षा १० (एसइई)को सबै जिम्मा प्रदेश सरकारलाई दिने कि राष्ट्रिय परीक्षा बोर्डले सञ्चालन गर्ने भन्ने विषयमा चौतर्फी बहस भइरहेको छ । 

    images
    images
    images

    राष्ट्रिय शिक्षा आयोगको प्रतिवेदन २०७५, शिक्षा नीति २०७६ र संघीय शिक्षा ऐन २०७७ को मस्यौदा तीन वटै कानुनी आधारमा भएको व्यवस्थाअनुसार माध्यामिक शिक्षा परीक्षा कक्षा १० को सञ्चालन व्यवस्थापन तथा नतिजा प्रकाशन र प्रमाणीकरण गर्ने काम प्रदेश सरकारले गर्ने, आधारभूत तहको अन्तिम परीक्षा स्थानीय सरकारले र विद्यालय तहको अन्तिम अर्थात् कक्षा १२ को अन्तिम परीक्षा मात्र राष्ट्रिय परीक्षा बोर्डले गर्नु पर्ने व्यवस्थाको गरेको छ ।

    images

    राष्ट्रिय परीक्षा बोर्डका अध्यक्ष डा.महाश्रम शर्माले तीन वटै ऐन, नियम तथा नीतिमा टेकेर परीक्षा सम्बन्धी व्यवस्थामा संशोधन गरी अबको एसइई परीक्षा प्रदेश सरकारालाई जिम्मेवारी दिने प्रस्ताव शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री देवेन्द्र पौडेललाई बुझाएका छन् ।

    बिहीबार शिक्षा पत्रकार सञ्जाल नेपाल (इजोन)को सहकार्यमा बोर्डका अध्यक्ष शर्माले पत्रकार सम्मेलन गरी बोर्डको तर्फबाट सकेसम्म वैशाख ९ गतेदेखि सुरु हुने एसइईलाईनै विकेन्द्रीकरण गरी प्रदेश सरकारलाई दिने गरी तयारी अघि बढाएको बताए ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij