
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौँ । मुस्ताङमा हुने राष्ट्रिय स्की च्याम्पियनसिपमा सहभागिता जनाउने खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाई गरिएको छ ।
काठमाडौँमा बिहीबार आयोजित कार्यक्रममा नेपाल स्की संघ तथा नेपाल ओलम्पिक कमिटिका अध्यक्ष जीवन राम श्रेष्ठले खेलाडी, प्रशिक्षक र पदाधिकारीहरुको बिदाई गरे ।
खेलाडी तथा अफिसियलको बिदाई गर्दै श्रेष्ठले अनुशासित भएर प्रतियोगितामा सहभागी हुन अनुरोध गरेका थिए ।
उनले सहभागी खेलाडीलाई शुभकामना दिँदैै सचेत भएर प्रतियोगिता खेल्न सुझाव दिएका थिए । प्रतियोगिता आगामी सोमबार र मंगलबार सञ्चालन हुने आयोजकले बताएको छ ।
बिदाई कार्यक्रममा स्की संघका महासचिव विजय श्रेष्ठ, कोषाध्यक्ष जितेन्द्र श्रेष्ठ र सदस्य अर्जून महर्जनको उपस्थिति रहेको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij