
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौँ । चलचित्र ‘चपली हाइट ३’ फागुन १ देखि फेरि प्रदर्शन हुने भएको छ । कोरोना भाइरसको तेस्रो लहरका कारण प्रदर्शन हुँदाहुँदै स्थगित भएको चलचित्र ‘चपली हाइट ३’ फागुन १ गतेदेखि फेरि प्रदर्शनमा आउने भएको हो ।
सरकारले फागुन १ गतेबाट हल खोल्न अनुमति दिएसँगै यो चलचित्र फेरि प्रदर्शनमा आउन लागेको निर्माण टिमले मंगलबार विज्ञप्ति जारी गर्दै जानकारी दिएको हो ।
निर्माता अर्जुन कुमारले आफूहरुले दोस्रो मौका पाएको बताएका छन् । बारम्बार प्रदर्शन मिति सार्दै चलचित्र गत पुस ३० गतेदेखि प्रदर्शनमा आएको थियो ।
क्राइम थ्रिलर ‘चपली हाइट ३’लाई निकेश खड्काले निर्देशन गरेका हुन् । चलचित्रमा स्वस्तिमा खड्का, सुपुष्पा भट्ट, आमिर गौतम, महेश त्रिपाठी लगायतको शीर्ष भूमिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij