
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडाैँ । सारेगमप लिटिल च्याम्सको उपाधि कृपा पौडेलले जितेकी छन् । सारेगमप लिटिल च्याम्सको ग्रान्ड फिनालेमा अन्य चार प्रतिस्पर्धीलाई पछि पार्दै उनले टाइटल हात पारेकी हुन् । उनले टाइटलसँगै १५ लाख नगद प्राप्त गरिन् ।
फर्ष्ट रनरअप रोशा फुयाँल भइन् भने सेकेन्ड रनरअप आदित्य विश्वकर्मा भए । टप फाइभलाई ग्यालेक्सी फोर के टेलिभिजनले प्लस टुसम्म अध्ययनको सम्पूर्ण खर्च बेहोर्ने भएको छ । सातवटै प्रदेश र वर्ल्ड टुर पनि गराउने आयोजकले जनाएको छ । यस्तै म्युजिक भिडियो पनि निर्माण गरिदिने भएको छ ।
फ्रेन्चाइज शो सारेगमप लिटिल च्याम्समा न्ह्यू बज्राचार्य, इन्दिरा जोशी र कालीप्रसाद बास्कोटा निर्णायक थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij