
Apr 18 2025 | २०८२, वैशाख ५ गते
पछिल्लो २४ घण्टामा भारतमा कोभिड संक्रमणबाट तेस्रो लहरकै उच्च मृत्यु संख्या पुष्टि भएको छ । स्वास्थ्य मन्त्रालयका अनुसार आज ११९२ जनाको मृत्यु भएको छ ।
तर, संक्रमित हुनेको संख्यामा गिरावट आउँदै दैनिक संक्रमण २ लाखभन्दा कम पुष्टि भएको छ । १ लाख ६७ हजार ५९ जना संक्रमित पुष्टि भएका छन् ।
सक्रिय संक्रमित संख्या १७ लाख ४३ हजार पुगेको छ । दैनिक संक्रमणदर ११.६९ प्रतिशत पुगेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij