Jun 28 2026 | २०८३, असार १४ गते
काठमाडौं । नेपालमा निजी क्षेत्रको लगानीबाट निर्माण कार्य सुरु हुन लागेको देशकै ठूलो जलबिद्युत आयोजना १६० मेगावाटको लाप्चे खोला जलबिद्युत आयोजनाको लागि आवश्यक पर्ने वित्तीय श्रोत जुटेको छ।
प्रतिष्ठित व्यापारिक घराना एम. भि. दुगड ग्रुपको मुख्य लगानी रहेको नाशा हाईड्रोपावर प्रालिले प्रवद्र्धन गर्न लागेको उक्त जल विद्युत आयोजना दोलखा जिल्लाको बिगु गाउँपालिका स्थित लाप्चे खोलामा निर्माण हुनेछ। २६ अर्ब २० करोड रुपैयाँ लागत हुने उक्त आयोजनामा नेपाल बैंक लिमिटेडको अगुवाई रहेको विभिन्न ९ वटा बैंक तथा बित्तिय संस्थाहरुको सहभागितामा बनेको सहवित्तीयकरणद्वारा १९ अर्ब ६५ करोड रुपैयाँभन्दा बढी लगानी गर्ने सम्बन्धि सम्झौता ऋणिका तर्फबाट नाशा हाईड्रोपावर प्रा।लि।का अध्यक्ष मोतिलाल दुगड तथा बैंकहरुका तर्फबाट नेपाल बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत कृष्णबहादुर अधिकारीले एक आपसमा आदानप्रदान गरेका हुन्।
उक्त आयोजनामा नेपाल बैंकद्वारा ५ अर्ब, नेपाल ईन्भेष्टमेण्ट बैंकद्वारा ३ अर्ब ५० करोड, कर्मचारी संचयकोषद्वारा २ अर्ब, राष्ट्रिय बाणिज्य बैंकद्वारा २ अर्ब, हिमालयन बैंकद्वारा २ अर्ब, लक्ष्मी बैंकद्वारा १ अर्ब ८८ करोड २५ लाख, नेपाल एसबिआई बैंकद्वारा १ अर्ब, बैंक अफ काठमाण्डौद्वारा १ अर्ब तथा कृषि विकास बैंकद्वारा १ अर्ब रुपैयाँ गरि जम्मा १९ अर्ब ६५ करोड २५ लाख रुपैयाँको वित्तिय प्रबन्ध गरिएको बैंकले जनाएको छ।नेपाल बैंक लिमिटेडका अध्यक्ष वासुदेव अधिकारीले नेपाली बैंकहरु त्यसमा पनि सरकारी स्वामित्वको बैंकले आयोजनाको आर्थिक, प्राबिधिक, जोखिम लगायतका विभिन्न पक्षहरुको समग्र विश्लेषण गरी उचित निष्कर्षमा पुगेको तथा बैंकहरुमा तरलता सहज भएको बर्तमान अबस्थामा यस आयोजनमा लगानी गर्ने निर्णय निक्षेपकर्ताको रकमको सहि उपयोग हुने बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij