Logo

Apr 22 2025 | २०८२, वैशाख ९ गते

Apr 22 2025 | २०८२, वैशाख ९ गते

इंग्ल्यान्ड एक रनले विजयी

इंग्ल्यान्ड एक रनले विजयी

  • इंग्ल्यान्डले दोस्रो टी-२० खेलमा वेस्टइन्डिजलाई एक रनले पराजित गरेको छ । रोमाञ्चक जितसँगै पाँच टी-२० शृंखला  एक एक बराबरीमा पुगेको छ । यसअघि पहिलो खेलमा वेष्ट इन्डिजले नौ विकेटले जितेको थियो । 

    images
    images
    images

    घरेलु मैदानमा १७२ रनको विजयी लक्ष्य पछ्याएको वेस्टइन्डिजले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७० रन बनायो । वेस्टइन्डिजका अकेअलल हुसेन र रोमारियो शेफर्डले समान ४४ रनको योगदान गरे । यस्तै निकोलस पुरनले २४ रन बनाउँदा ड्यारेन ब्राभोले २३ रन बनाए । 

    भ्रमणकारी टोली इंग्ल्यान्डका मोईन अलीले सर्वाधिक तीन विकेट लिए । यस्तै आदिल राशिदले दुई विकेट लिँदा रोस टोपली र क्रिस जोर्डनले समान एक विकेट लिए । यसअघि टस हारेर ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित २० ओभरमा आठ विकेट गुमाउँदै १७१ रन बनायो । 

    उसका जेसन रोयले सर्वाधिक ४५ रन बनाए । यस्तै मोइन अलीले ३१ रन बनाउँदा क्रिस जोर्डनले २७ रन बनाउँदा टम ब्यान्टनले २५ रनको योगदान गरे । वेस्टइन्डिजका फेबिएन एलेन र जेसन होल्डरले समान दुई विकेट लिए । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij