Logo

Jun 08 2025 | २०८२, जेठ २५ गते

Jun 08 2025 | २०८२, जेठ २५ गते

आइडब्लुएफएन ठैब डोजोका २२ जना खेलाडीको ग्रेडिङ, यी चार जना भए उत्कृष्ट

आइडब्लुएफएन ठैब डोजोका २२ जना खेलाडीको ग्रेडिङ, यी चार जना भए उत्कृष्ट

  •  
    ललितपुर : आइडब्लुएफएन ठैब डोजोका २२ जना खेलाडीलाई बेल्ट ग्रेडिङ गरिएको छ। शनिवार ललितपुर गोदावरी नगरपालिका वडा १४ ठैबमा रहेको डोजोको कार्यालयमा खेलाडीहरुलाई ग्रेडिङ गरिएको हो।
     
    आईडब्लुएफएन कराते संघका केन्द्रीय सदस्य तथा प्रमुख प्रशिक्षक बुद्धराज नेगीको मुख्य आतिथ्यतामा खेलाडीलाई बेल्ट ग्रेडिङ गरिएको डोजोले जनायो। ग्रेडिङ गरिएकामा ह्वाइट बेल्टदेखि ब्राउन बेल्टसम्म रहेको डोजोले जनायो। बेल्ट ग्रेडिङमा चार जना खेलाडी उत्कृष्ट घोषित गरिएको थियो।
     
    ब्लु बेल्टबाट सुप्रिया घिसिङ, ग्रिन बेल्टबाट देबिका थोकर, ब्लुबाटै आरएन मानन्धर, अरेन्जबाट अर्जुन सुनार उत्कृष्ट घोषित भएको ललितपुर जिल्ला आईडब्लुएफएन कराते डोजोका अध्यक्ष प्रबिन स्याङ्तानले अनलाइनपत्रिकालाई बताए।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij