
Apr 19 2025 | २०८२, वैशाख ६ गते
लन्डन उडेको अमेरिकी एयरलाइन्सको एउटा विमान मध्य आकाशबाटै फर्किएको छ । विमानभित्र एक यात्रुले मास्क लगाउन अस्वीकार गरेपछि विमान मध्यआकाशबाटै फर्किएको छ ।
मास्क लगाउन नमानेपछि अमेरिकन एयरलाईनको उडान ३८ को बोइङ ७७७ मध्यआकाशबाट फर्किएको थियो । विमानमा १२९ यात्रु थिए । फर्किएर विमान अवतरण गर्ने वित्तिकै प्रहरीले अटेर गर्ने यात्रुलाई पक्राउ गरेको थियो ।
अमेरिकन एयरलाइन्सले ती यात्रुलाई आगामी दिनमा आफ्ना कुनै पनि उडानमा सेवा नदिने जनाएको छ । अमेरिकामा आन्तरिक उडानका क्रममा कोभिड नियम पालना अस्वीकार गर्नेविरुद्ध शून्य सहनशिलता अप्नाउने संघीय उड्यन प्रशासनले बताउँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij