
Apr 18 2025 | २०८२, वैशाख ५ गते
चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को रिलिज डेट पोस्टपोन्ड भएको छ । कोरोना संक्रमण तीव्र बढेसँगै सरकारले अत्यावश्यकबाहेक बाहिर ननिस्कन र सिनेमा हल बन्द गर्ने निर्णय गरेकाले १९ माघलाई तय प्रदर्शन मिति हाललाई स्थगित गरिएको निर्देशक सुदर्शन थापाले जानकारी दिएका छन् ।
थापाले बुधबार विज्ञप्ति जारी गर्दै बढ्दो संक्रमणका कारण ‘म यस्तो गीत गाउँछु २’ निर्धारित समयमा प्रदर्शन नहुने जनाएका छन् । म यस्तो गीत गाउँछु २ मा पल शाह र पूजा शर्माको मुख्य भूमिका रहेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij